द्धन्दका समयमा मारिएका सबै प्रहरीलाई सहिद घोषणा गर्नुपर्ने सभामुख महराको भनाई

प्रकाशित मिति:

संघीय संसदका सभामुख कृष्णबहादुर महराले द्धन्दका समयमा मारिएका सबै प्रहरीलाई सहिद घोषणा गर्नुपर्ने बताउनु भएको छ । दाङमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख महराले त्यस्तो बताउनु भएको हो ।हिजोको इतिहासमा बलिदान गरेका प्रहरीहरु सबैलाई राज्यले सहित घोषणा गर्नुपर्ने उहाँले बताउनु भएको हो ।  प्रहरी ऐन २०१२ पछि धेरै प्रहरी भइसकेको भन्दै उनले सरकारले छिटो भन्दा छिटो संघीय प्रहरी ऐन ल्याउन जरुरी रहेको उहाँले बताउनु भयो ।

प्रहरी नै राज्य र जनताको विचमा पुलको कामगर्ने सबैभन्दा महत्वपूर्ण संस्था भएको बताए । कार्यक्रमर्लाइ सम्वोधन गर्दै प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले शान्ति सुरक्षा विना विकास असंभ हुने हुँदा
जहाँ सुरक्षा शक्तिसाली हुन्छ त्यो देश र त्यो क्षेत्र मात्रै सम्बृद्धिमा जाने हुँदा प्रदेश सरकार सुरक्षाको सवालमा गम्भीर रुपमा प्रस्तुत हुने उहाँले बताउनु भयो ।प्रदेश प्रहरी अस्पतालका निम्ति हेटक्वाटर संग अन्तिम सहमति गरिसकेको मन्त्री केसीले जानकारी दिनुभयो । त्यस्तै उहाँले प्रदेश प्रहरी तालिम केन्द्रको लागि र प्रदेश विपद प्रतिकार्यका लागि अर्को कार्यालय र द्धन्द प्रर्भावित परिवारका सञ्तानका लागि भर्नाका लागि विशेष व्यवस्था ऐनमै गरिने जानकारी दिनुभयो ।त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै ५ नं. प्रदेश प्रहरी प्रमुख एवं डिआईजी शेरबहादुर बस्नेतले विशम परिस्थितिमा पनि प्रहरी जहिले पनि नैतिक बल, अदम्मे साहास र आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गर्नु भएको छ ।