हिन्दु नेपालीहरुको महान पर्व दशैँको आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा गरी धुमधामका साथ मनाइदैछ । चन्द्रघण्टा भगवतीको पुजा आरधना गर्न देशभरका शक्तिपिठहरुमा भक्तालुहरुको बिहनैदेखि भिड लागेको छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुसार आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आरधना गरिँदैछ । त्यस्तै भोली अर्थात चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । यसअघि हिजो र अस्ति शैलपुत्री र ब्रम्हचारिणीको पूजा गरिएको छ ।












