काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त ‘अडियोमा बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित नभएको’ ओलीले दाबी गरेका हुन् ।
बिहीबारनेकपाले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेश कमिटीको राजनैतिकप्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले भने, ‘अनधिकृत मान्छेले ल्याएको टेप उचालियो। यसमा कुनै प्रमाण छैन।’









