शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट

प्रकाशित मिति:

बुटवल/ शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले अर्घाखांचीको सन्धिखर्क चुत्राबेसी भक्तिटोलस्थित शिद्देश्वर शिवालय मन्दिरमा ट्रष्ट बनाइदिएको छ । मन्दिरका पुजारी,भक्तजन र बटुकहरुको सुविधाका लागि बैंकले एक लाख रुपैयां बढी लागतमा बनाएको उक्त ट्रष्ट (जस्तापाताले छाएको टहरो ) शुक्रबार एक कार्यक्रमका बीच शिद्देश्वर शिवालय मन्दिर संचालक समितिलाई हस्तान्तरण भएको छ ।

ट्रष्ट हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका क्षेत्रिय प्रबन्धक लेखनाथ पौडेलले संस्थागत सामािजक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरमा ट्रष्ट बनाइदिएको बताए । बैंकले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा अन्य सहयोगलाई निरन्तरता दिने पौडेलले बताए । शिवालय मन्दिर संचालक समितिका सचिव कृष्णप्रसाद भुसालको अध्यक्षता,सन्धिखर्क नगरपालिका १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाँलीको स्वागत र नेत्र भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको बैंकका चुत्राबेसी शाखा प्रबन्धक अञ्जली केसीले जानकारी दिइन् ।