झापा/ झापा अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्क छेउको एक होटलबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बुधबार छ जनालाई नियन्त्रणमा लिएको छ ।पाँचथर फाल्गुनन्दका २५ वर्षीय विवेक तामाङ, २१ वर्षीय समीर लिम्बू, २४ वर्षीय सञ्जु चेम्जुङ, १८ वर्षीय दीपेन नेम्वाङ, अर्जुनधारा–६ का १८ वर्षीय रोशन गुरुङ र इलाम तेनपा–२ का २० वर्षीय सन्तोष तामाङलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार विशेष सुराकीका आधारमा इप्रका अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा जाँच गर्ने क्रममा उनीहरुको साथबाट ३९।२९ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।प्रहरीले उनीहरुको साथबाट छ थान मोबाइल र रू ५५ हजार नगद बरामद गरेको छ ।विसं २०७६ जेठदेखि फागुन २१ गतेसम्ममा इलाका प्रहरी कार्यालय अनारमनीले लागुऔषधसहित ५६ लाई नियन्त्रणमा लिइसकेको छ ।









