बुटवल । १७ लाख घुससहित नापी कार्यालय रुपन्देहीका कर्मचारी पक्राउ परेका छन् । घुस लिदै गर्दा नापी अधिकृत सरोज श्रेष्ठ,सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नायब सुब्बा धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याललाई अख्तियारले पक्राउ गरेको हो । उनीहरुले समेतले जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भनि सेवाग्राहीसंग घुस लिएको अख्तियार बुटवलले जनाएको छ । उनीहरुलाई बुलटवलले सिद्धार्थ नगरपालिका १३ अशोका होटल नजिकबाट अख्तियारको टोलीले पक्राउ गरि थप अनुसन्धान थालिएको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।









