काठमाडौं- राजतन्त्रको प्रतिककोरुपमा रहेको श्रीपेज सार्वजनिक भएको छ। नारायणहिटी राजदरबार संग्राहलय सर्वसाधारणको लागि खुला गरिए पनि श्रीपेच सार्वजनिक गरिएको थिएन। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच श्रीपेच सार्वजनिक गरेका हुन्। अब नागरायणहिटी दरबारमा सर्वसाधारणले श्रीपेचको अवलोकन गर्न सक्ने छन्। श्रीपेचलाई बुलेट प्रुफ सिसामा रानीको मुकुट, राजदण्ड सहित राखिएको छ।












