बलात्कार काण्डका चारै जना दोषीलाई मृत्युदण्ड

प्रकाशित मिति:

काठमाडौं । सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ । निर्भया बलात्कार काण्डका दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको हो । दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको बताएकी छिन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चारै जना दोषीलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो । दोषीहरुले मृत्युदण्ड पाइसकेपछि निर्भयाका बुवाले भने, ‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरुले लामो समयसम्म पर्खन नपरोस् । सात वर्षसम्म चलेको लामो कानुनी लडाइपछि दोषीहरुलाई सजाय दिइएको हो । यसअघि पटक पटक मृत्युदण्डको मिति सारिँदै आएको थियो ।