गुल्मी / कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ‘लकडाउन’ गरे पनि त्यसको उल्लंघन हुन सक्ने आकलनपछि गुल्मी प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।‘लकडाउन’ उल्लंघन गर्दै मानिसहरु घरबाहिर निस्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारको निर्णय कडाइका साथ कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ अनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।यो समयावधिभर आपत्कालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न समेत गुल्मी प्रशासनले बिज्ञप्ति मार्फत आग्रह गरेको छ ।निषेधाज्ञा उल्लंघन भए संक्रामक रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद गरिने चेतावनी दिइएको छ ।









