धनगढी/ कैलालीको त्रिनगर गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ ।सरकारले सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा ९लकडाउन० गरेपनि भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो ।मंगलबार बिहान करिब ७ बजेतिर ठूलो संख्यामा नेपालीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका थिए । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन ।
नाकाबाट प्रवेश गर्न खोज्नेहरुलाई अहिले दशगजा क्षेत्र ९कञ्चनपुरको डोकेबजार तर्फ धकेलिएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो भने सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर निषेधाज्ञा जारी गरेको हो ।









