वेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस भएको पुष्टि

प्रकाशित मिति:

काठमाडौं, चैत १२ः वेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस भएको पुष्टी भएको छ। ७१ वर्षीय चार्ल्सलाई कोरोना पोजेटिभ देखिएको क्लेरेन्स हाउसले पुष्टि गरेको छ। क्लेरेन्स हाउसका प्रवक्ताले चार्ल्समा कोरोनाको लक्षण देखिएको तर, स्वास्थ्य अवस्था भने राम्रो रहेको बताएका छन्। ७२ वर्षीय डचेस अफ कर्नवालको पनि कोरोना परिक्षण गरिएको थियो। तर, उनमा भने कोरोना नदेखिएको बीबीसीले जनाएको छ। चाल्र्स र कमिल्ला केही दिन यता बालमोरलमा सेल्फ क्वारेन्टाइनमा बसेका थिए।‘सरकार र चिकित्सको सल्लाह अनुसार राजकुमार र डचेस अब स्कटल्याण्डमा आफ्नै घरमा सेल्फ आइसोलेसनमा बस्नेछन्,’ एक विज्ञप्तीमा भनिएको छ।