स्याङ्जा । चैत १४ , स्याङ्जामा कार्यालयभित्रै गोली लागेर एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ। शुक्रबार दिउँसो हरिनास गाँउपालिका–२ मा रहेको इलाका प्रहरी कार्यालय चिसापानीभित्र गोली लागेर कास्की पोखरा–२६ का प्रहरी हवल्दार रविन्द्र पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी विमलराज कँडेलले जानकारी दिए। चौकीको स्टोरमा काम गर्ने बेला पौडेललाई गोली लाग्दा गम्भीर घाइते भएका थिए। गोली लाग्नासाथ उपचारका लागि पोखरा ल्याउँदै गर्दा बाटोमै पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको एसपी कँडेलले बताए।काठमाडौप्रेस वाट









