दुई युवकलाई निर्घात कुटपीट गर्ने ,सशस्त्र प्रहरीलाई कारबाहीको तयारी

प्रकाशित मिति:

सप्तरी । लकडाउन उल्लंघन गरेको आरोपमा सशस्त्र प्रहरी बलले सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा कुटपिट गरेका हुन् ।

घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा कुटपिटमा भएको पीडित युवाले बताए । दुबैलाई भुइँमा घोप्टो पारेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।अनलाईन खबर वाट साभार