उवासंघ नवलपरासीद्धारा सस्तो घुम्ती पसलबाट सेवा प्रदान

प्रकाशित मिति:

प्रकाश न्यौपाने ।

चैत्र, २०

नवलपरासी । नवलपरासी उद्योग बाणिज्य संघले लकडाउनको समयावधि भरीको लागी सस्तो घुम्ती पसल हिजो (बुधबार) देखी सुरुवाद गरेको छ ।

लकडाउनको समयमा चर्को महगीको मारमा उपभोक्ताहरु पर्न बाध्य भइरहेका बेला घुम्ती पसलको सुरुवाद गरेको उद्योग बाणिज्य संघका अध्यक्ष केशब भण्डारीले बताउनु भयो ।  उहा भन्नु हुन्छ – “ उद्योग बाणिज्य संघले केवल उद्योगी तथा व्यपारीहरुलाई मात्र हेर्छ भन्ने होईन हामीले त उपभोक्तालाई केन्द्र विन्दुमा राख्छौं ।  उपभोक्ताहरुलाई लकडाउनको समयमा सस्तो घुम्ती बजारले धेरै राहात पुग्ने अपेक्षा गरेका छौं ।”

लकडाउनको समयमा उद्योग बाणिज्य संघले सुरुवाद गरेको सस्तो घुम्ती बजारले उपभोक्तालाई सहज हुने उद्देश्यले सुरुवाद गरीएको उपाध्यक्ष नगेन्द्र अग्रहरीले बताउनु भयो । अग्रहरी भन्नहुन्छ–“ हामीले घरमा प्रयोग हुने नुन, दाल, चामल, आटा, प्याज, आलु लगायतका खाद्या सामाग्रीहरु घुम्ती पसल मार्फत उपलब्ध गराउछौं ।”

सस्तो पसल मार्फत उद्योग बाणिज्य संघले नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला भरी नै सेवा प्रदान गर्नेछ । सस्तो घम्ती पसलमा दैनिक भान्सामा प्रयोग हुने खाद्य सामाग्रीहरु विक्रि गरीने उद्योग बाणिज्य संघ नवलपरासीका उपाध्यक्ष राजेश कुमार गुप्ताले बताउनु भयो । उहाका अनुसार अहीले चलिरहेका लकडाउनमा उपभोक्ताहरुलाई खाद्यान्नको कमी नहोस भनेर सस्तो घुम्ती पसलको सुरुवाद गरीएको हो । अहीले बजारमा सामान्यतया  ७० रुपैया प्रति केजी रहेको आलु ४० रुपैया र बजारमा ८० रुपैया प्रति केजी रहेको प्याज ५० रुपैयामा उपलब्ध गराईएको उपाध्यक्ष गुप्ताले बताउनु भयो । उहाका भन्नुहुन्छ –“ अहीले नाफा भन्दा पनि सेवाको भावनाले काम गर्ने बेला हो यो तर बतिवय व्यपारीले बढी नाफा खान खोजेकाले बजारमा कालोबजारी बढ्नसक्छ त्यस तर्फ सबै उपभोध्ताहरु सचेत हुन जरुरी छ । कोही व्यापारीले खरीद नै बढी पर्न गएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।”