बर्दघाट नगरपालिकाको वडा न. ८ मा राहात बितरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने

२०७६ चैत २१

बर्दघाट । बर्दघाट नगरपालिकाले आज वडा नम्बर ८ मा रहेका अति विपन्न २१ घर परिवारहरुलाई राहत बितरण गरेको छ । नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिकाले एकद्वार प्रणालि मार्फत अहीले वडा न ८ राहात वितरण गरीएका बताउदै नगर भित्र रहेका विभिन्न सहकारी, संघ, सस्था लागयत अन्य ईच्छुक सहयोगी दाताहरुलाई नगरले स्थापना गरेको राहात कोषमा सहयोग गर्न सकिने बताउनु भयो ।

अति बिपन्न तथा दैनिक ज्याला मजदुरी गरी खाने र जसको घरमा तत्कालको लागी चुल्हो बोल्न समेत गा¥हो हुने खालका पारीवारहरुलाई राहात प्रदान गरीएका वाड नम्बर ८ का वडा अध्यक्ष कविराज आचार्यले बताउनु भयो । अचार्य भन्नुहुन्छ –“ हामीले अति विपन्नहरुलाई दुई चरणमा छुटट्याएका छौ । पहीलो चरणमा तत्कालै चुल्हो बोल्न नसक्ने घर परीवारहरुको छनौट गरेको थियौ र उहाहरुलाई आज राहात दिएका हौं ।” अहीले राहात स्वरुप ५ केजि चामल, १ केजि दाल, आदा केजि तेल, १ केजि नुन र एक पिस सामान बितरण गरिएको छ । दास्रो चरणमा ४५ घर परीवारहरु रहनु भएको आचार्यले बताउनुभयो । लकडाउनको समय थपिएमा ४५ घर  परीवारलाई राहात दिनुपर्ने र नगरबाट राहात नआएमा वडा तथा समाज बाट नै भएपनि राहात दिनु पर्ने बताउनु भयो ।

राहात वितरणमा बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल, उपमेयर मायदेवी पौडेल, वडाध्यक्ष कविराज आचार्य, वाड सदस्य कृष्ण बहादुर शाही, विमाया मस्र्यागी मगर, कल्पना परीयार, हेमादेवि न्यौपाने लगाएतको उपस्थिति रहेको छ ।