प्रतापपुरको वडा न ७ द्वारा २सय २० घरधुरीलाई राहात बितरण

प्रकाशित मिति:

चैत २१

मुक्ती तिवारी

पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर-७ ले शुक्रबार वडा भित्र रहेका २सय २० घरपरिवारलाई खाधान्न राहात बितरण गरेको छ।

 

वडा भित्र रहेका बिपन्न र लकडाउनका समयमा दैनिक ज्यालादारी गर्नबाट बन्चित भएकाहरुका लागि आवस्यक तथ्यांक संकलन गरि दाल चामल आलु नुन तेल लगायतका खाध सामाग्री बितरण गरिएको वडानम्बर ७ का अध्यक्ष हरेन्द्र यादवले जानकारि दिए।सचेतनाका लागि साबुन माक्स समेत बितरण गरिएको थियो।

वडाले ग्यास अभाव भएका घरधुरिमा दाउरा समेत बितरण गर्ने योजना रहेको उनले जानकारी दिए।आफुले प्रत्येक नागरिक को अवस्था नजिकबाट बुझेकाले लकडाउनका समयमा आफ्ना वडा भित्रका नागरिक भोकै बस्नु नपर्ने प्रतिबद्धता ब्यक्त गरे।राहातका लागि विभिन्न सययोगी दाता र संघसस्थासग सहयोगकालागी समन्वय भैरहेको उनले बताए।

१२०० घरधुरी रहेको वडा नम्बर ७ मा बिपन्न २२० घरपरिवारलाई पहिलो चरणको राहात उपलब्ध गराईएको वडा सचिव केशव तिवारीले जानकारी दिए।हाललाई वडाको बिपद ब्यवस्थापन कोषबाट राहत बितरण गरिएको अध्यक्ष हरेन्द्र यादवले जाकारी दिए।