वालिङ जेसीजद्धारा कोरोनकोषमा सहयोग हस्तान्तरण

प्रकाशित मिति:

वालिङ । वालिङ जेसीजले कोरोना संक्रमणवाट बच्न नेपाल सरकारले गरेको लकडाउनवाट प्रभावित अति विपन्न परिवारको लागि सहयोग स्वरुप वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा खाद्यान्न र नगद प्रदान गरेको छ । जेसीजले १ लाख ३० हजार ५ सय बराबरको खाद्यान्न र नगद हस्तान्तरण गरेको हो । वालिङ नगरपालिकाले स्थापना गरेको कोषमा नगद जम्मा गर्नुका साथै खाद्यान्न समेत हस्तान्तरण गरिएको वालिङ जेसीजका अध्यक्ष होमकान्त गौतमले जानकारी गराउदै जेसीजले नगद रु ७६ हजार ५ सय र ५४ हजार बराबरको खाद्यान्न प्रदान गरिएको अध्यक्ष गौतमले बताउनु भयको छ। जेसीजको टोलिले वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणलाई नगद तथा खाद्यान्न हस्तान्तरण गरेको हो ।कार्यक्रममा नगरप्रमुख खाँणले जेसीजसँगको सहकार्य उत्कृष्ट रहेको बताउदै जेसीजले नगरपालिकाको बिकास र नागरिकको हितका लागि महत्वपूर्ण योगदान पुर्याउदै आएको बताउनु भएको थियो । वालिङ जेसीजका अध्यक्ष गौतमले मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने आस्था र विश्वासका साथ सहयोग प्रदान गरिएको वताउदै उनले यो अवस्थामा नेपालीहरु सचेत रहनु पर्नेमा जोड दिदै नगरमा कोहि पनि बिपन्न परिवार भोकै बस्न नपरोस भन्ने उदेश्यले नगरपालिकाले शुरु गरेको अभियानलाई साथ दिदै सहयोग हस्तान्तरण गरिएको जानकारी दिनु भएको छ ।