रुपन्देही प्रहरीले भारतीय बजारबाट पटाका ल्याउने दुईजनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका( २ बोदवारका ३० वर्षीय सुभाष हरिजन र तिलोत्तमा नगरपालिका १६ का ३० वर्षीय संजीत अग्रहरी रहेका छन्।
रिक्सामा जुटको बोरामा विभिन्न किसिमका पटाका ल्याएको अवस्थामा उनीहरुलाई पटाकासहित सिद्धार्थनगर नगरपालिका १३ देवकोटा चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हृदय थापाले जानकारी दिए।
उनका अनुसार उनीहरुको साथबाट विभिन्न किसिमका ३ सय ७५ प्याकेट पटाका बरामद भएको छ । हेर्दा केही जस्तो नलाग्ने भएपनि पटाकाले मानिसको ज्यान समेत जानेसक्ने सम्भावना रहेकोले सजग भएको उँहाले बताउँदै यदि पटाका ल्याएको पाइएमा हामी तत्कालै पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाउने जनाउँनु भएको छ ।
तिहार पटाका बिना पनि मनाउन सकिने हुँदा कसैले कानुन विपरीत कार्य नगर्न समेत उनले आग्रह गरे। रुपन्देही प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लामा सुरक्षा योजना लागू गरेको छ। योजनाअन्र्तगत प्रहरीले जिल्लाको विभिन्न स्थानमा आकस्मिक चेकजाँच गरिरहेको छ।












