स्वस्तिक सहकारी द्धारा राहातकोषमा सहयोग
शान्ति तिवारी
चैत्र २२ गते
नवलपरासी । सुनवल १२ भुमहिमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाद्धारा १७ हजार ५ सय मात्र रुपौया सहयोग गरेको छ । सहकारीका अध्यक्ष बसन्त सुवेदीको नेतृत्वमा रहेको सहकारीको टोलीले सहयोग रकम बराबरको चेक सुनवल नगरपालिकाका नगर उपप्रमुख दधिराम अर्याललाई हस्तान्तरण गरिएको कोषाध्यक्ष तारा पाण्डेय जानकारी दिनु भयो ।

सुनवल नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष यमलाल पाण्डेय, स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि.¸ सुनवल १२¸ भूमही का तर्फबाट अध्यक्ष बसन्त सूबेदी, उपाध्यक्ष टूनाखर पाण्डेय, सचिब चिंतामणि पाण्डेय र कोषाध्यक्ष तारा पाण्डेय एंव ब्यवस्थापक सपना बरालको उपस्थिति रहेको थियो ।












