गायक रञ्जित सहनीद्वारा घरमै बस्न गरे आग्रह

प्रकाशित मिति:

प्रमोद सहनी रौतहट,चैत २२  नेपालमा शनिवार कैलाली जिल्ला सहित कञ्चनपुरमा एकै दिन तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएसगै गायक रञ्जित कुमार सहनीले सबैलाई घरमै बस्न अनुरोध गरेको छ।

आफ्नो फेस्बुकमा लेख्दै गायक रञ्जित कुमार सहनीले यस्तो आग्रह गरेका छन्।  उनले फेस्बुकमा लेख्दै भने,ूगृह जिल्ला कैलालीमा थप २ जना र कञ्चनपुरमा १ जना कोरोना सन्क्रमित भेटिएका छ्न । यो समयमा सबैलाइ अनुरोध छ कृपया घरबाट बाहिर ननिस्किनु होला हामीले कोरोनाबाट बच्ने उपाय भनेको यहि मात्र हो कृपया सबैजनाले आफ्नो ख्याल राख्नु होला

संक्रमितहरुमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयले उल्लेख गरेको छ ।