बुटवल महिला जेसिजले द्धारा सहयोग

प्रकाशित मिति:

बुटवल, २४ चैत । बुटवल महिला जेसिजले गरिव तथा विपन्न परिबारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा दैनिक मजदुरी गरेर खानेहरु समस्यामा परेको भन्दै बुटवल महिला जेसिजले तिलोत्तमा नगरपालिका वडा नं. २ मा राहत वितरण गरेको हो ।बुटवल महिला जेसिजकी अध्यक्ष कल्पना पाण्डेले वडा नं. २ का एकता टोल विकास संस्था र माझगाउ टोल विकास संस्थाका २० परिबारलाई राहत वितरण गरिएको जानाकारी दिईन् ।

दिगो विकास लक्ष्य अन्तर्गतको शुन्य भोकमरी समस्या अन्तरगत बन्धुत्वको भावना र मानवीयताको हिसावले २० परिबारलाई चामल, दाल, तेल, नुन सहयोग गरेको अध्यक्ष कल्पना पाण्डेले बताईन । उक्त राहत वितरण अध्यक्ष कल्पना पाण्डे, निवर्तमान अध्यक्ष सिनेटर मञ्जु पराजुली, तिलोत्तमा वडा नं. २ का अध्यक्ष दधिराम गौतम र एकता टोल विकास संस्थाका अध्यक्ष सुरेन्द्र बञ्जाडेको रोहबरमा उनीहरुलाई वितरण गरिएको थियो ।त्यस्तै जेसिजले तिलोत्तमा दुर्गादुत्त माध्यमिक विद्यालयमा रहेको क्वारेनटाईनमा रहेकी सुत्केरी महिलालाई हर्लिस र क्वारेन्टाईनका लागि आवश्यक सेनेटाईजर र सावुन समेत वितरण गरेको छ । त्यस्तै अस्थायी प्रहरी चौकी योगिकुटीमा पनि सेनेटाईजर र सावुन वितरण गरिएको अध्यक्ष पाण्डेको भनाई छ । कार्यक्रम महिमा कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।