प्रकाश न्यौपाने ।
चैत्र २६
नवलपरासी । बर्दघाट उद्योग बाणिज्य संघले कोरोना रोकथामका लागी बर्दघाट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आज बुधबार बर्दघाट उद्योग बाणिज्य संघ अध्यक्ष लेखनाथ न्यौपाने र महासचिव दिनेश न्यौपानेसहीतको नेतृत्वमा रहेको उद्योगीहरुको टोलिले नगर प्रमुख धिरज शर्मा बस्याललाई ५१ हजार रुपैयाँको चेक हस्तान्त्रण गर्नु भएको छ। कोरोना भाईरसको संक्रमणवाट वच्नका लागी गरिएको लक डाउनका कारण बर्दघाट नगरक्षेत्र भित्रका कुनै पनि गरीब ,अतिविपन्न तथा ज्यालामज्दुरी गरेर खाने घरपरिवारहरुका लागी राहत वितरणमा सहयोग पुगोस भन्ने हेतुले उक्त आर्थिक सहयोग गरीएको अध्यक्ष लेखनाथ न्यौपाने ले बताउनु भएको छ ।









