व्यापार व्यावसायबाट आएको आम्दानीलाई कृषि क्षेत्रमा लगानी गर्न सके समाजको आर्थिक स्तर सुदृढ हुने मुख्यमन्त्रि पोख्रेलको भनाई

प्रकाशित मिति:

प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलले व्यापार व्यावसायबाट आएको आम्दानीलाई कृषि क्षेत्रमा लगानी गर्न सके समाजको आर्थिक स्तर सुदृढ हुने बताउनु भएको छ । सैनामैना व्यापार संघले आयोजना गरेको तेस्रो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दै यस्तो कुरा बताउनु भएको हो ।

उहाँले देश एकात्मक राज्य व्यवस्थाबाट संघिय व्यवस्थामा जाँदा थुप्रै चुनौतिहरुको सामना गर्नु परेको बताउँदै उहाँले प्रदेश सरकार जनताको जीवनस्तर सुदृढ गर्दै समृद्धिका दिशामा अगाडि बढिरहेको बताउनु भयो ।

देश बलियो भएमात्र जनताको आर्थिक स्तरबृद्धि हुने बताउँदै मन्त्री पोखरेलले सामाजिक संघसंस्थाको सहयोग र सहभागिताका साथमा साझा विकासका एजेण्डा बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो । त्यस्तै मन्त्री पोखरेलले आवास जस्ता अनुपात्दक क्षेत्रमा फजुल खर्च रकम नगरेर कृषि क्षेत्रमा लगानि वृद्धि गर्न सके कृषिको आधुनिकीकरण तथा समाजको आर्थिक विकासको क्रान्ति आउने बताउनु भयो । एक फरक प्रसङ्गमा बोल्दै मन्त्री पोखरेलले पछिल्लो तिन महिनामा प्रदेश सरकारले परिणाममुखी काम गर्न नसकेपनि प्रयास भैरहेको र यसको गुणात्मक परिणाम जनताले छिट्टै महसुस गर्न पाउने दावी गर्नुभयो ।

मेला उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले मेला महोत्सवले कृषि क्षेत्रको आधुनिकीकरण गर्नका लागि आफ्नो सहयोग र पहल निरन्तर रहने बताउनु भयो । त्यसै गरी प्रदेश सभा सदस्य फकरुद्दिन खाँ ले स्थानीय व्यापार मेलाहरुलाई अवसरका रुपमा लिएर यसबाट हुने फाइदा सबै वर्गले लिन सक्ने बताउनु भयो । त्यसै गरी बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले मेला महोत्सवका लागि नगरबाट हुन सक्ने सहयोग प्दान गर्दै यसलाई प्राथमिकतामा राखेको बताउनु भयो । त्यस्तै सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले अव हुने मेला महोत्सवहरुमा स्थानीय मौलिक र पौरख देखाउने खालका स्टलहरुको समावेश गरेर मात्र मेला सञ्चालन गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा जिल्ला प्रतिनिधि निर्मल जि.सी., तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्र कडेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, समाजसेवी फणिन्द्र प्रसाद शर्मा लगायतले बोल्दै मेला महोत्सवले कृषकहरुलाई प्रोत्साहन गर्ने बताउनु भयो ।