सुनवल नगरपालिकामा शुरु भयो राहात वितरण

प्रकाशित मिति:

शान्ति तिवारी

२६ चैत
नवलपरासी। लकडानउमा घरमै बस्नु पर्दा दैनिक काम गर्ने र सांझ सोही दैनिकी ज्यालाबाट प्राप्त गरेको ज्यालाले खाद्यान्न किनेर खाने अति विपन्न परिवारहरुका लागि सुनवल नगरपालिकाले बुधवार देखी राहत वितरण शुरु गरेको छ ।


सुनवल नगरपालिका भित्र रहेका दैनिक ज्यालादारी गरि छाक टार्दे आएका १ हजार ९ सय १० अति विपन्न परिवारहरुलाई बुधवार देखी राहत सामाग्री वितरण कार्य शुरु गरिएको सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा क्षेत्रीले बताउनु भयो । थापा भन्नुहुन्छ –‘ लकडाउनका कारण कामबाट बन्चित भएका गरिब एवं विपन्न परिवारलाई दिईएको रहतको यो पहिलो चरण भएको र नगरपालिका भित्र अन्य यस्ता पिडितहरु नगरपालिका वा वडा अध्यक्षको सम्पर्कमा आएको खण्डमा आगामी दिनमा पनि राहत वितरणको काम जारी राख्छौं ।’ वडाहरुबाट संकलित अति विपन्नहरुको नामावलि अनुसारकै तथ्याड्ड अनुसार राहात वितरण गरीएको छ । सुनवल नगरपालिकामा रहेका १३ वटै वडाहरुमा बुधवार देखी राहत सामाग्री वितरण कार्य एकै साथ शुरु गरिएको छ ।


दुई जना भन्दा बढि परिवार सदस्य रहेका परिवारलाई वितरण गरिएको राहत सामाग्रीहरुमा २५ किलो ग्राम चामल, तीन किलो दाल, २ लिटर तेल, ४ सय ग्राम सोयाविन, साबुन ४ गोटा लगाएतको प्याकेट वितरण गरिएको नगरमा उपमेयर दधिराम अर्याले बताउनु भयो । उपमेयर अर्याल भन्नुहुन्छ – ‘यसै गरि दुई भन्दा कम परिवार सदस्य भएका घर परिवारलाई उक्त सामानको ठिक आधा गरी अत्यन्तै समानुपालिक तवरले वितरण कार्य गरीएको छ । ’