अनेरास्वियु सर्लाहीद्वारा कोठा भाडामा बस्ने विद्यार्थीहरुलाई सम्पर्कमा आउनआग्रह 

प्रकाशित मिति:

सोम दियाली/सर्लाही -नेपाल सरकारले लागु गरेको लक डाउनले सर्लाही सहित देशैभरकै जनजीवन अत्यन्तै कष्टकर बनेको छ । लक डाउनले मजदुर, किसान, श्रमिक वर्ग सहित उच्च शिक्षा हासिल गर्न डेरा गरि वस्ने विद्यार्थी समेत मारमा परेका छन् । यसै सन्दर्भमा अनेरास्ववियू सर्लाहीले जिल्ला वा जिल्ला बाहिरबाट उच्च शिक्षा गर्न आएका आम विद्यार्थीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

जिल्लाको हरिवन, लालबन्दी,बागमती लगायत विभिन्न भुगोलमा रहेर कोठाभाडामा लिइ उच्च शिक्षा हासिल गरि रहेका विद्यार्थीका मर्कालाई मध्यनजर गर्दै उनीहरुको समस्यालाई अधिकत्तम सम्वोधन गर्ने उदेश्यले अनेरास्वियु सर्लाहीले विद्यार्थीलाई सम्पर्कमा आउन आव्हान गरेको अनेरास्वियु सर्लाहीले जनाएको छ । बिपतको घडिमा विद्यार्थीका मर्कालाई अधिकत्तम सम्वोधन गर्न हामीले स्थानीय सरकारसंग समन्वय गर्दै विद्यार्थीलाई राहत उपलब्ध गराउन प्रयास थालेका छौं, अनेरास्वियु सर्लाहीका संयोजक विवेक मैनालीले भन्नू भयो, जिल्लाका विभिन्न स्थानमा उच्च शिक्षा हासिल गर्न कोठा भाडामा लिएर वसेका विद्यार्थी साथीहरुलाई सम्पर्कमा आउन अनुरोध गर्दछु । उहाँले आज विहान सामाजिक संजालमा एक स्टाटस राख्दै लकडाउनको घडीमा विद्यार्थी नै बढी मारमा परेकोले उनीहरुको समस्यालाई सम्वोधन गर्नु आफुहरुको दायित्व भएको बताउनु भयो ।