सहयोग रकम शुक्रवार क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्याय, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समिति अध्यक्ष उपप्राध्यापक द्वारिका प्रसाद गौतम र कर्मचारी संघ इकाई समिति अध्यक्ष लक्ष्मी पोखरेलले संयुक्त रूपमा बुटवल उपमहानरपालिका नगर प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो ।
विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले क्याम्पसको तर्फबाट सम्पूर्ण प्राध्यापक तथा कर्मचारीको एक दिनको तलब बराबरको रकम सहयोग गरिएको क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले बताउनुभयो । त्यस अवसरमा नगर प्रमुख शिवराज सुवेदीले सबैको सामूहिक प्रयासले मात्रै कोरोना संक्रमणको जोखिमका साथै अन्य जुनसुकै प्रकोपको क्षति कम गर्न सकिने बताउँदै शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेलेको लुम्बिनी वाणिज्य क्याम्पसले यो विपदमा पनि सहयोग रकम हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।









