रामेछाप /
रामेछाप जिल्लाको ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरीले आफ्नो सक्रियता झनै बढाउदै लगेको छ । जिल्लाको ग्रामिण सडक हुदै आउने सवारी साधनहरुले क्षेमता भन्दा दोब्बर यात्रु राखेर आउन थालेपछि दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको हो । गाउँको कच्ची सडकबाट बसमात्र नभै सामान बोक्ने ट्रकले समेत क्षेमता भन्दा बढी यात्रु राखे सदरमुकाम आउन थालेपछि आफुहरुले सवारी साधनको चेक जाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरिक्षक कुशहरि भण्डारीले बताए ।
बिहिबार मात्रै ट्राफिक नियमको उलंघन गर्ने यस्ता ४८ सवारी साधनलाई कारवाही गरिएको उनको भनाई छ । उनले कारवाहिमा परेका सवारी साधनबाट ३६ हजार ५ सय जरिवाना शंकलन भएको बताए । उनका अनुसार ट्राफिक नियमको पालना नगरेको,बढि भाडा असुलेको,क्षमता भन्दा बढि यात्रु बोकेको सवारी साधन कारवाहीमा परेका छन् । अहिले दैनिक ७ सय भन्दा बढि सवारी आवागमन हुने भएकाले दुर्घटना हुनसक्ने भन्दै जिल्लाको कुनैपनि क्षेत्रमा जोखिमपुर्ण यात्रा नगर्न नगाराउन ट्राफिक प्रहरीले आह्वान गरेको छ ।












