निस्ती बडिगाढ सामूदायिक विकास केन्द्र, गुल्मीले एक प्रेस बिज्ञप्ती जारी गर्दै गत बैशाख(२ गते उक्त संस्थाले सन्चालन गरेको एम्बुलेन्सले आठ जना यात्रु बोकेको र पाल्पा प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको खबर विभिन्न सन्चार माध्यममा आएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।बागलुङ्ग जिल्लाको बडिगाढ गाउँपालिकाबाट सुत्केरी अबस्थाकी महिलालाई लुम्बिनी मेडिकल कलेजमा लगेको र फर्किने क्रममा अस्पत्ताल बाहिर गुल्मी र बागलुङ्ग जाने डिस्चार्ज भएर अलपत्र परेका बिरामीहरुले एम्बुलेन्सबाट घर फिर्ता हुन खोजेका थिए। तर स्थानिय प्रहरीको आग्रहमा गुल्मीका बिरामिहरुलाई त्यही झारिएको र बागलुङ्ग तर्फका बिरामिहरुलाई प्रहरी कै अनुमतीमा ल्याईएको प्रष्ट पार्न चाहान्छौ।
सामाजिक सन्जाल तथा अनलाईन मिडियाहरुमा एम्बुलेन्सले साधारण यात्रु बोकेको भन्दै आएका समाचारहरु पुर्ण रुपले निराधार रहेको स्पष्ट पार्न चाहान्छौ। मानविय सेवाको नाताले अस्पत्तालबाट बिरामिहरु आउनेप्रयत्न गर्नु स्वाभाविक नै हो।गुल्मी तर्फ आउन खोज्ने धुर्कोट गाउँपालिकाकि एक महिला सहित उनका २ जना परिवारका सदस्य रहेको र लकडाउनको कारण बिगत २५ दिन देखि उनी पाल्पा मै बस्न बाध्य भएको बुझिएको छ।उपचारको लागि अस्पत्ताल आएकी उनी लक डाउनको कारण लामो समय देखि पाल्पा मै बस्न बाध्य छिन।समस्यामा परेका बिरामिहरुलाई प्रशासनको अनुमती अनुरुप ल्याईएको संस्थाले जनाएको छ। गुल्मी धुर्कोट गाउँपालिकाका जाने ति महिला सहितका यात्रुहरु भने गुल्मी आउन पाएनन।यसै बिच संस्थाका अध्यक्ष मोहन घिमिरेले लक डाउनको कारण सृजना भएको समस्यालाई मध्यनजर गर्दै अस्पत्तालबाट फिर्ता भएका तर प्रयाप्त कागजाज र प्रमाण बिनाका यात्रुहरुलाई नबोक्न एम्बुलेन्सका कर्मचारीहरुलाई निर्देशन दिइसकिएको बताए।









