झविन्द्र भण्डारी
गुल्मी, बैशाख ६ ।
प्युठानका अपलपत्र मजदुरलाई धुर्कोट गाउँपालिकाले उद्धार गरेको छ । पर्वत जिल्लाबाट पैदल प्युठान जान लागेका १६ मजदुरलाई गाउँपालिकाले उद्धार गरेको हो । पर्वत जिल्लाको रानिपानी भन्ने स्थानमा खानेपाानी आयोजनामा कार्यरत प्युठान नगरपालिका वडा नंं. ५ का ३ जना र वडा नं. ६ का १३ जना मजदुरहरु लगडाउनका कारण काम वन्द भएपछी पैदलै भएपनी घर जान लागेका थिए । शुक्रबार साझ धुर्कोट गाउँपालिका ४ जैसिथोकमा आइपुगेका उनिहरुलाई धुर्कोट गाउँपालिकाले पाञ्चायन माध्यमिक विद्यालयमा खाना र वासको व्यवस्था गरी शनिबार विहान गाडी मार्फत प्युठान पठाएको हो ।
अलपत्र अवस्थामा परेका मजदुरलाई गाउँपालिकाले गाडीको व्यवस्थ गरी उद्धार गरेको वडा नंं. ४ का वडा अध्यक्ष मान बहादुर कुवँरले बताउनुभयो । पैदल आउदा दुख पाएको भन्दै चुमान बहादुर बुढाले भने “३ दिन सम्मको हिडाइले निकै थकाइ लागेको थियो राम्रो सँग खान समेत पाएका थिएनौ तर धुर्कोट गाउँपालिकाले हाम्रो लागि राम्रो व्यवस्था गरिदियो । खान वस्न अनि गाडी समेत खोजेर हामी घर जान पाएकाछौँ धुर्कोट गाउँपालिकालाई धन्यवाद दिन चाहान्छौँ” त्यस्तै संगै आएका मजदुर हर्क बहादुर बैजाली भन्छन “यहाँको स्थानिय सराकारले खाना, वस्न र गाडीको राम्रो व्यवस्था गरिदियो अन्य ठाउँमा अलपत्र परेका मजदुर हुनुहुन्छ भने तपाइहरुले पनि स्थानिय सरकारसँग सहयोग माग्नुस उहाँहरुले सम्बन्धित ठाउँ सम्म पुर्याइदिनु हुनेछ” । साथै उनले अन्य ठाउँमा मजदुरले खान पाएनन भन्ने हल्लाको पछि नलागी स्थानिय सरकार संग सम्पर्क गर्न आग्रह समेत गरे ।
कोरोनाका कारण देश लगडाउन भइरहेको अवस्थामा धुर्कोट गाउँपालिका भित्र सजगता अपनाउदै धुर्कोट प्रवेश गर्ने हरेक व्यक्तिको निगरानी गर्ने गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वताउनुभयो । गाउँपालिका भित्रका निम्न वर्ग मजदुर लगायतका अति विपन्न ७७९ परिवारलाई गाउँपालिकाले राहत वितरण गरिसकेको छ । धुर्कोट गाउँपालिकामा हाल सम्म क्वारेन्टाइनमा वसेका २५ जनालाई सुरक्षित साथ घरमा पठाइ सकिएको र हाल धुर्कोट गाउँपालिका वडा नं. ६ मा १ जना मात्र क्वारेन्टाइनमा रहेको समेत अध्यक्ष पोखरेलले वताउनुभयो ।













