लकडाउनको प्रभावले पनि नरोकिएको धुर्कोट बिचित्र गुफाको सुचना केन्द्र भवन

प्रकाशित मिति:

सबलपोस्ट / गुल्मी – विस्व बजारमा कोरोनाको संत्रास फैलिएको यो विषम परिस्थितिमा विभिन्न ठाउँका निर्माणका कार्यहरु ठप्प छन । कोरोनाको प्रभाबले देश लकडाउनको अवस्थामा छ तरपनी यस्तो चुनौती संगै उत्साहका साथ अभिछिन्न नरोकिएको गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तुको कमलाबनमा अवस्थित बिचित्र गुफाको सुचना केन्द्र भवन । उक्त भवनमा दैनिक काम भइरहेेेेको छ ।

देश लकडाउनको स्थितीमा जानुको केहि दिन अघि मात्र प्रदेश सभासद दिनेश पन्थीले भवनको सिल्यानास गर्नुभएको थियो ।

सबलपोस्टले बिचित्र गुफा संरक्षण तथा बिकास समितीका अध्यक्ष युबराज भण्डारीलाई यो विषम परिस्थितिमा मजदुर संगै भौतिक सामाग्रीको जोहो कसरी गर्नुभएको छ भनेर प्रश्न गर्दा अध्यक्ष भण्डारी यसो भन्नुहुन्छ !

हामीले भवन निर्माणमा संबद्ध मजदुरहरुलाइ गुफाको नजिकै रहेको एउटा भवनलाई होम क्वारेन्टाइनको रुपमा प्रयोग गराएका छौ । साथै यहाँ काम गर्न अहिले अन्यत्र बाट आउन पर्ने अवस्था नभएकोले कुनै समस्या उत्पन्न भएको छैन । साथै भवन निर्माण सम्पन्न गर्नका लागि भौतिक सामाग्री सदरमुकाम देखि यहाँ सम्म ल्याउनका लागि धुर्कोट गाउँपालिका एबम जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अनुरोध गरेका थियौँ र त्यो अनुरोधलाई सहर्श स्विकार गर्नुभएको छ । 

कामको अनुगमन : उक्त भवनको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेल , उप- प्रमुख शिव बहादुर खत्री एबम प्रशासकिय प्रमुख काशिराम पन्थीले निर्माणाधिन भवनको अनुगमन गर्नुभएको छ । निर्माणाधिन भवन ढलाईको पुर्व सन्ध्यामा पुगेको र अवको साता भित्र ढलाई हुने अध्यक्ष युबराज भण्डारीले बताउनुभयो ।

उक्त भवन निर्माणका लागि प्रदेश ५ को उद्योग बन तथा बाताबरण मन्त्रालय र धुर्कोट गाउँपालिकाको सहयोग रहेको थियो ।

त्यस्तै बस्तुकै धनार्जीमा निर्माण सम्पन्न भएको कुलोको पनि अनुगमन गाउँपालिकाले गरेको छ ।