काठमाडौंमा जारी साफ यु १५ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालको विजयी शुरुवात

प्रकाशित मिति:

काठमाडौंमा जारी साफ यु(१५ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ। सातदोबाटो स्थित एन्फाको मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको हो।

नेपालको जितमा खेलको २८ औं मिनेटमा जान लिम्बुले पेनाल्टी मार्फत गोल गर्दै नेपाललार्इ अग्रता दिलाएका थिए।रोकश विश्वकर्मालाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा लडाएपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। नेपालका लागि दोस्रो गोल खेलको ३८ औं मिनेटमा नमश थापामगरले गरेका थिए। पहिलो हाफमा २(० को अग्रता कायम गरेको नेपालले दोस्रो हाफमा समेत २ गोल थप्यो। दोस्रो हाफको ६३ औं मिनेटमा शशांक बोहरा तथा ७० औं मिनेटमा दिपेश रार्इले नेपालका लागि गोल गरेका थिए। नेपालले दोस्रो खेल आगामी शनीबार बंगलादेशसँग खेल्नेछ। विहिबारनै भएको पहिलो खेलमा पाकिस्तानले भारतलार्इ २(१ ले पराजित गरेको थियो। कार्तिक १७ सम्म संचालन हुने प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, बंगलादेश, पाकिस्तान, भुटान र भारतको सहभागिता रहेको छ।