ग्रीसको दक्षिणी जाकेन्थोस टापुलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पले १३ औं शताब्दीको एक धार्मिकस्थल तथा स्थानीय केही संरचनामा क्षति पुगेको तथा र सडकहरु चिरा परेको बीबीसीले उल्लेख गरेको छ । भूकम्पपछि परकम्प जाने क्रम जारी रहेकाले सुरक्षा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । सतर्कता स्वरुप स्थानीय विद्यालयहरु पूर्ण रुपमा बन्द गरिएका छन् ।
भूकम्पको धक्का राजधानी एथेन्स र छिमेकी मुलुक ईटली, अल्बानिया, लिबियासम्म महसुुस भएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जाकेन्थोसमा यसअघि पनि सन् १९५३ मा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।












