कतारमा स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी १७ नेपालीलाई आममाफी दिने निर्णय
काठमाडौं -कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।
घोषणासँगै कतारमा रहेका १७ नेपालीले आममाफी पाएका हुन्। आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरु रिहाइ हुनेछन्। लागू औषध कारोवारजन्य कसूरमा सजाय भोग्दै आएका १३ चोरी दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका एक–एक नेपाली रिहा हुने जनाईएको छ । । काठमाडौप्रेस









