नेविसंघले भिडभाड नगरी सांकेतिक बिरोध गर्ने

प्रकाशित मिति:

काठमाडौ । सरकारले ल्याएको अध्यादेशको विरोधमा नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले विरोधका कार्यक्रम सार्वजीनक गरेको छ । आज अध्यक्ष राजीव ढुगानाले एक विज्ञप्ती निकाल्दै अधिनायकवादको विरुद्धमा नेविसंघले संघर्ष गर्ने वताउनु भयो ।

सरकारले केही दिन अगाडि जारी गरेका अध्यादेशहरू संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुबै असंबैधानिक, अराजनीतिक, असंवेदनशिल तथा सनक र सत्ता राजनीतिको अत्यन्तै घृणित खेल भएकोले उक्त बिधेयकहरू तत्काल फिर्ता गर्न दवाव दिने उद्देश्यले सामाजिक दुरी कायम गरि, स्वास्थ्य सावधानी अपनाउदै, भिडभाड नगरी सांकेतिक बिरोध गर्ने कार्यक्रम रहेको नेविसंघ महामन्त्री युवराज पाण्डेयले जानकारी दीनु भएको छ ।