कुवेतमा रहेका नेपालीलाई फिर्ता ल्याऊन कांग्रेस नेता भट्टराईको माग

प्रकाशित मिति:

काठमाडौं वैशाख १३ । नेपाली कांग्रेस जनसम्पर्क समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले कुवेतमा गैरकानूनी रुपमा बस्दै आएका झण्डै चार हजार नेपालीलाई तत्काल फिर्ता ल्याउने प्रवन्ध गर्न सरकारसँग माग गरेका छन्। भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै कुवेत सरकारले सबै गैरकानूनी रुपमा बस्दै आएका कामदारहरुलाई आममाफी दिएर टिकटको समते व्यवस्थासहित आफ्नो देश पठाउने निर्णय गरेको भन्दै नेपाल सरकारले तत्काल कूटनीतिक पहल गरेर नेपालीहरुलाई फिर्ता ल्याउन आग्रह गरेका छन्।कुवेत सरकारले त्यहाँ रहेका करिव ४ हजार गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता हुन चाहेमा आफ्नै खर्चमा नेपालसम्म पुर्‍याउने निर्णय गरेको छ,

विज्ञप्तिमा भनिएको छ, अप्रिल २६ ९भोलि आइतबारदेखि जेठ ३ गते० सम्म गैरकानूनी रुपमा बस्दै आएका नेपाली कामदारलाई फिर्ता हुनका लागि समय दिएको छ। तसर्थ म नेपाल सरकारलाई तत्काल कुवेतमा रहेका ति नेपाली कामदारलाई नेपाल फिर्ता गराउने प्रवन्ध गर्न अनुरोध गर्दछु। उनले कुवेत सरकारले हवाइ भाडा समेत लिएर नेपाल फिर्ता गर्ने भएकाले नेपाल सरकारको आर्थिक भार पनि नहुने भएकाले उनीहरुलाई नेपाल ल्याएर निश्चिथ समय क्वारेन्टाइनमा राख्न आग्रह गरेका छन्।उनीहरुलाई नेपाल ल्याएर कम्तिमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था मात्रै गर्नुपर्ने हुन्छ। तर कुवेत सरकारले तोकेको समय आइतबार ९वैशाख १४ गते० देखि सुरु हुँदासम्म समेत यहाँको नेपाली दूतावासले नेपाली कामदार ल्याउने विषयमा कुनै प्रक्रिया सुरु नगर्नु निकै दुःखद हो  विज्ञप्तिमा भनिएको छ, तसर्थ तत्काल क्वारेन्टाइनको प्रवन्ध गरेर उनीहरुलाई नेपाल ल्याउने कूटनीतिक पहल अघि बढाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय र त्यहाँको दूतावासलाई आग्रह गर्न चाहन्छ।