कल्याणकारी आमा समूह र रुद्रपुर युवा क्लवद्धारा राहत बितरण

प्रकाशित मिति:

२१ बैसाख,कञ्चन , रुपन्देहीको कञ्चन गाउपालिका वडा नं। ४ स्थित कालिका टोलमा रहेको कल्याणकारी आमा समूह र रुद्रपुर युवा क्लवले बिपन्न घरपविारलाई राहात स्वरुप खाध्यान्न बितरण गरेको छ । नोवल कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोकथाम तथा न्यूनिकरणका लागि देशभर गरिएको लकडाउनका कारण समस्यामा परेका मजदुर तथा बिपन्न घरपरिवारलाई स्थानिय आमा समूह र युवा क्लवको समन्वमा संकलन गरिएको राहात आज सामाजिक दुरी कायम गरी कञ्चन गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीको उपस्थितीमा राहत बितरण गरिएको कल्याणकारी आमा समूहका अध्यक्ष मामकला थापाले बताउनु भएको छ ।
राहत बितरणको क्रममा वडा अध्यक्ष क्षेत्रीले लकडाउनको बेला जनजीवनलाई प्रभाबित गरेता पनि आफ्नै स्वास्थ्यका लागि भएको हुनाले कुनै हतास नभई गाउपालिकाले लागु गरेको लकडाउनलाई पुर्ण रुपमा पालना गर्न आग्रह गर्नु भएको छ ।

लकडाउन भनेको आफ्नै घरमा बस्ने स्वस्थ बानी ब्यबहारहरुलाई नियमितता दिने,अरुको घरमा पनि नजाने र अरुलाई पनि आउन नदिई पटक पटक तातो पानी पिई स्वस्थ रहने तरिका भएकोले एकेछिन त हो भनेर बिना काम घरबाट बाहिर ननिस्कन आग्रह गर्नु भएको छ ।कोरोना भाइरस जस्तो माहामारीको समयमा अटेर गरी कोही बिना काम आएका छन भने वडा कार्यलयमा सूचना दिई क्वारेन्टाइनमा राख्न सहयोग गर्न समेत स्थानियवासीलाई अनुरोध गर्नु भएको छ।वडा नं। ४ का ३१ बिपन्न तथा मजदुर घरपरिवारलाई प्रति परिवार १५ किलो चामल,१ किलो दाल,१ लिटर तेल र हात धुने साबुन राहत स्वरुप कञ्चन गाउपालिकाको समन्वममा बितरण गरिएको रुद्रपुर युवा क्लवका अध्यक्ष लोक बहादुर पुनले जानकारी दिनु भएको छ।राहत बितरणका लागि कञ्चन ४,सरकारी बोरिंगमा रहेको दीप जनरल स्टोर्सले ५० किलो चामल राहत स्वरुप उपलब्ध गराएको थियो भने बाकी खाध्यान्न कल्याणकारी आमा समूह र रुद्रपुर युवा क्लवका सदस्यहरुको घरबाट स्वेच्छिक राहत संकलन गरिएको क्लवका अध्यक्ष पुनले बताउनु भएको छ।