संक्रमित युवाको परिवारमा देखिएन कोरोना संक्रमण

प्रकाशित मिति:

रुपन्देही, वैशाख २१ । रुपन्देहीको कोटहीमाई गाउँपालिका १ सिपवाका कोरोना संक्रमित युवकको परिवारमा कोरोना संक्रमण नभएको पाइएको छ। भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा युवकको परिवारका १० जना सदस्यको नतिजा नेगेटिभ आएको हो ।

वैशाख ५ गते मर्चवारको ठोठरी नाकाबाट रुपन्देही घर आएका २५ वर्षीय युवामा कोरोना संक्रमण देखिएको शुक्रबार पुष्टि भएको थियो।प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा। राजेन्द्र गिरीका अनुसार संक्रमित युवकलाई शुक्रबार नै बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको छ।