राष्ट्रियसभामा अर्थमन्त्री खतिवडा नै दोहोरिने बलियो सम्भावना

प्रकाशित मिति:

काठमाडौँ/ राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडा नै दोहोरिने सम्भावना बलियो भएको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार बनाउने निर्णय गरेसँगै खतिवडा राष्ट्रियसभा मनोनित हुने सम्भावना बढेको हो ।

यसअघि गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई मनोनीत कोटामा राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त निर्णय कार्यान्वयन गरेका थिएनन् ।नेपालको संविधानअनुसार सांसद नरहेको व्यक्ति ६ महिनाका लागि मन्त्री हुन पाउने व्यवस्था छ ।मन्त्री भएको ६ महिनाभित्र सांसद भएमा उक्त पदले निरन्तरता पाउने प्रावधानका कारण खतिवडाको राष्ट्रियसभा सदस्य गत फागुनमै सकिए पनि मन्त्रीको रुपमा कार्यरत छन् ।अब प्रधानमन्त्री ओलीले उनैलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेका छन् ।