प्रकाश न्यौपाने २४ बैशाख– नवलपरासी । पश्चिम नवलपरासीमा रहेका मस्जिद–मदरसा अनुगमन गरि आज एक कार्यक्रमका बिच प्रतिबेदन सार्बजनिक गरिएको छ । जिल्लामा रहेका ७ वटै स्थानिय तहहरु भित्र रहेको ५६ वटा मस्जिद–मदरसा अनुगमनमा मुस्लिम समुदायले लकडाउनको पालना गरेको, मस्जिदमा सामुहिक नमाज नभएको र कुनै पनि तबलीगी जमाती वा भारतिय अपरिचित व्यक्ति लुकेर नबसेको पाइएको हो । नेपाल मुस्लिम आयोगद्धारा गठित मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले एक हप्ता लगाएर जिल्लाको ६५ वटै मस्जिद मदरसाको अनुगमन गर्दै मस्जिदमा भिडभाड नगरि घरमै नमाज पढन र लकडाउनको पुर्ण पाल्ना समेत गर्न समितिले समुदायलाई आग्रह गरेको आज परासीमा आयोजित पत्रकार सम्मेलन मार्फत समिति संयोजक भेष बहादुर खरालले जानकारी दिनुभयो । अनुगमन स्थानिय तहका प्रमुख र स्थानिय प्रशासनको रोहबरमा गरिएको थियो । पत्रकार सम्मेलनमा, जिल्लाको सबै मस्जिद मदरसाहरुको अनुगमन गरि सोको प्रतिवेदन सार्वजनिक गर्दै एक प्रंति जिल्ला प्रशासन कार्यालय, एकप्रति जिल्ला समन्वय समिति र नेपाल पत्रकार महासंघलाई पनि हस्तान्त्रण गरिएको छ भने अनुगनमको पुरै प्रतिवेदन नेपाल मुस्लिम आयोगलाई पठाईने संयोजक खरालले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा सरावल गाउँपालिका ६ मधवलिया स्थित रहेको मदरसा नुरुल ओलुममा लकडाउनले भारतीय ७ जना विद्यार्थी घर फर्किन नपाएर फँसेको छन भने प्रतापपुर गाउँपालिका ७ सुर्यपुरा स्थित मदरसा दारुल किताबुल सुन्नतमा पनि १५ जना विद्यार्थी र पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर धार्मिक स्थल जालिम शाह मजारमा पनि ३५ जना भारतीय भक्तजनहरु पनि लकडाउले फँसको अनुगनमा पाइएको जनाइएको छ । उनीहरु लकडाउन पूर्व नै आएको र घरफर्किन नपाएर फँसीरहेको हुँदा उनीहरुलाई सम्बन्धित स्थानिय तहबाट खाद्यान्न सामाग्री प्रदान गराइएको र उनीहरुको जिल्ला प्रसासन कार्यालयको समन्वयमा क्रोना परिक्षण समेत गराउने समितिको योजना रहेको समिति सदस्य हैदर अलि मोमिनले सम्मेलनमा बताउनुभयो । अनुगमनको क्रममा जिल्लामा धार्मिक सहिष्णुत्ता कायम रहेको मुस्लिम समुदायले लकडाउनको पालना गरेको, र सबै मदरसाहरु बन्द रहेको समितिको ठहर छ । लकडाउन नभयाएसम्म यस समितिले जिल्लामा मस्जिद मदरसाहरुको अनुगमन गर्ने र मुस्लिम समुदायका समस्याहरु सामाधानका लागि आवश्यक पहल गर्ने समितिले जनाएको छ । यता जिल्ला समन्वय समिति प्रमुख शिव शंकर राय, जिल्ला प्रमुख अधिकारी बासुदेव दहाल, नेकपा संयोजक भविष्वर तिवारी, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारि लगायतले आफ्नो धारणा राख्नु भएको छ












