प्रहरीले ल्याएको समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ

प्रकाशित मिति:

हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आजबाट शुभारम्भ भएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी आज देशभर एकैसाथ उक्त कार्यक्रम शुभारम्भ गरेको हो ।  प्रदेश न ५ को बुटवलको प्रदेश प्रहरीको संयोजनमा शुभारक्भ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहकाविच प्रदेश ५ का समाजिक विकास मन्त्री शुर्दशन वरालले उद्द्धाठन गर्नु भयो. कार्यक्रमअन्तर्गत केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिनेछ । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहित समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रहरी प्रम्ख पिताम्वर अधिकारीले बताउनु भयो ।
भयमुक्त समाज, गुणस्तरीय शिक्षा, अपराध एवं हिंसाबाट सुरक्षा, शान्ति र स्थायित्व कायम गर्ने कार्यक्रमको लक्ष्य हो । अभियान सफल पार्न टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम एकसाथ चलाइनेछ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिने उहांले बताउनु भयो ।  कार्यक्रममा ७५३ स्थानीय तहसँग समन्वय गरिनेछ । दश हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न गराइने जनाइएको छ । विगतका कार्यक्रमभन्दा यसपटक फरक परिणाममुखी काम गर्ने प्रहरीको योजना छ ।  सो अवसरमा बोल्दै मन्त्री वरालले प्रदेशको शान्ति सुरक्षाका लागि हरेक नागरिकसंग सहकार्य गर्नु पर्नेमा जनोड दिदै प्रहरी उक्लैले मात्र शान्ति सुरक्षा कायम गर्न नसक्ने बताउनु भयो ।  उहांले समुदायसंग सम्वन्ध मजवुद बनाउनका लागि यो अभियान देशभरवाट शुरु भएको पनि जानकारी दिनु भयो ।