बाँदरको विहानी : अँगेनाको छेउमा बसेर तातो चिसा सुरुप्प

प्रकाशित मिति:

बाँदर, मेरुदण्ड भएको एक स्तनधारी प्राणी । केहीले बाँदरलाई मानवको पूर्खाका रुपमा पनि लिन्छन् ।हिन्दू धर्ममा बाँदरलाई भगवान रामको असल साथी तथा सहयोगीका रुपमा पनि लिइन्छ । अमेरिकाको ड्यूक विश्वविदालयका सोधकर्ताहरुले बाँदरबारे अनुसन्धान गर्दै एउटा निष्कर्ष निकालेका थिए– बाँदरमा पनि मानवीय स्वभाव र गुण हुन्छ ।सोधकर्ताहरुको अर्को पनि निष्कर्ष थियो– बाँदरले मानिसबाट सिकेर आफ्ना स्वभावहरुमा पनि परिवर्तन गर्ने गर्छ ।मानिसमा जस्तै कुनै विषयबारे धारणा बनाउने, दुःख तथा खुसी व्यक्ति गर्ने स्वभाव हुन्छ ।

राष्ट्रिय समाचार समिति राससका पत्रकार धनवीर महतोले पनि बाँदरको एउटा त्यस्तै स्वभावलाई आफ्नो क्यामेरामा कैद गरेका छन्, जसमा बाँदरले मानवीय व्यवहार अंगालेको देख्न सकिन्छ ।माघको चिसोमा सबै मानिसहरु अगेनानजिक बस्छन् । तातो तथा गरम खानेकुरा तथा पेय सेवन गर्छन् । सादय बाँदरले पनि मानिसबाटै यस्तो स्वभाव सिकेको हुनुपर्छ– बढ्दो चिसोका बिच अगेनाको छेउमा बसेर चिया पिइरहेको छ । खवर हव वाट साभारगरीएको यो तस्वीर लकडाउन अगाडीको महोत्तरीको गौशालाको हो । जसमा बाँदर अँगेनाको छेउमा बसेर चिया पिइरहेको देख्न सकिन्छ ।