कोरोना भाइरस नियन्त्रणको कामना गर्दै धुर्कोट गाउँपालिकामा दिप प्रज्वलन

प्रकाशित मिति:

झविन्द्र भण्डारी,
गुल्मी, बैशाख २५ ।
२५६४ औँ बुद्ध जयन्तीको अवसरमा धुर्कोट गाउँपालिकाले दिप प्रज्वलन गरेको छ । विश्व शान्ती र कोरोना भाइरस नियन्त्रणको कामना गर्दै दिप प्रज्वलन गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको कामना गर्दै उक्त भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्पूर्ण पक्षको हौसला एवं सम्मान प्रकट गर्ने उद्धेश्यले दिप प्रज्वलन गरिएको हो ।

दिप प्रज्वलनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिती रहेको थियो । विश्व शान्ती, भाइचारा, विश्ववन्धुत्वकाो कामना गर्दै र कोरोना भाइरसको जोखिममा कोही पनि पर्न नपरोस भन्ने कामनाका साथ दिप प्रज्वलन गरिएको थियो ।

फोटो फिचर