पेरिस सेन्ट जर्मेन पीएसजी ले फ्रेन्च लिग वान फुटबलमा लगातार ११ औं जित निकाल्यो

प्रकाशित मिति:

पेरिस सेन्ट जर्मेन पीएसजी ले फ्रेन्च लिग वान फुटबलमा लगातार ११ औं जित निकालेको छ ।

सोमबार विहान भएको खेलमा पीएसजीले ओलम्पिक मार्सेलीलाई २–० गोलले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे र जुलियन ड्राक्सलरले गोल गरे । मार्सेलीलाई उसैको घरेलु मैदानमा पराजित गर्ने क्रममा पीएसजीले दोस्रो हाफमा दुवै गोल गरेको थियो । पहिलो हाफमा पीएसजीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

एमबाप्पेले खेलको ६५ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको अन्तिम समयमा ड्राक्सलरले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।

साविक विजेता पीएसजीले शीर्ष स्थानलाई निरन्तरता दिएको छ । पीएसजीले ११ खेलबाट ३३ अंक बनाएको छ ।