मन्त्री अर्यालको अभिव्यक्तीका विरुद्ध चापाकोट तरुण दल र नेविसंघको द्धारा पुत्ला दहन
चापाकोट । नेपाल तरुण दल र नेपाल विद्यार्थि संघ चापाकोटले गैर जिम्मेवार अभिव्यक्ती दिएको र सीमा विवाद समाधानमा कुनै पहल नगरेको भन्दै आज नेपाल सरकारकी मन्त्री पद्यमा अर्याल र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेकका संन्दर्भमा विवादास्पत भनाई दिई नेपालको त्यस क्षेत्र नेपालको नक्सामा थिएन, हाम्रो भुमि होइन भन्ने भनाई संचारमाध्यममा सार्वजनिक भएपछि गैह्रजिम्मेवार भनाई दिएको भन्दै मन्त्री पद्मामा अर्याल र प्रधानमन्त्री केपी वलि सरकारको बिरुद्ध चापाकोट तरुणदल र नेबिसंघले संयुक्त रुपमा प्रधानमन्त्री ओली र मन्त्री पद्मा अर्यालको आज स्याङ्जाको चापाकोट नगरपालिका सुन्तलिटारमा बिरोध जूलूस सहित पुत्ला दहन गरिएको छ नेपाल तरुण दलका नेता विश्वास पुरीले जानकारी दीनु भएको छ ।









