रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भए

प्रकाशित मिति:

३० वैशाख, बुटवल । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भएका छन् ।रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका युवक वैशाख १९ गतेदेखि बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचाररत थिए । गत शुक्रबार र सोमबारको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार आज नै डिस्चार्ज गर्न लागिएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए ।

उनी गएको वैशाख ५ गते भारतको मुम्बईबाट मर्चवारको ठोठरी नाका हुंदै नेपाल प्रवेश गरेका थिए ।उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिए पनि कोरोनाको कुनै लक्षण नदेखिएको डा। थापाले बताए । उनी अस्पतालमा रहँदा स्वस्थ व्यक्ति सरह गीतमा नाचेर दिने बिताउने गरेका थिए ।घर गएपछि पनि उनी एकहप्ता होम आइसोलेसनमा बस्नुपर्नेछ ।