देउवाले भने काली वारीको भूमि नेपालको हो, भारतले सेना फिर्ता लैजाओस्

प्रकाशित मिति:

काठमाडौं, वैशाख ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काली नदी वारीको जमिन नेपालको हो भन्ने कुरामा विवाद नभएको बताएका छन्। बुधबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै देउवाले भारतले अतिक्रमण गरेको बताएका हुन्। उनले भारतले अतिक्रमण गरेको भूमिमा भारतीय सेना फिर्ता पठाउन आवश्यक पहल गर्न सरकारसँग पहल गरेका छन्।

काली नदी वारीको भूभाग नेपालकै हो। तथ्य र प्रमाणहरु संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ। त्यहाँ पहिलेदेखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता पठाउन पनि सरकारले पहल गर्नुपर्छ,’ उनले भने।देउवाले लिपुलेकमा सडक बनाउने विषयमा भारत र चीनबीच सहमती भएकाले दुवै देशससँग समस्या समधानका लागि पहल गर्न सरकालाई सुझावसमेत दिएका छन्।