बुटवल कार्तिक । नेपाली कांग्रेसका नेता तथा समाजसेवी रामचन्द्र भुषालको अन्तिम दाहसंस्कार गरिएको छ ।
उपचारका क्रममा काठमाडौंमा निधन हुनु भएको भुषालको सोमबार गुल्मीको रिडीमा अन्तिम संस्कार गरिएको हो ।
यस अघि बुटवल ३ चिडियाखोलामा रहेको उहांको निवासमा कांग्रेसको चारतारे झण्डा ओढाएर श्रदाञ्जली व्यक्त गरिएको थियो ।
नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री वालकृष्ण खांण लगायतका नेताहरुले पार्टिको झण्डा ओढाएर श्रदाञ्जली अर्पण गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापती अब्दुल रज्जाक, कांग्रेसका पार्टि सचिव रामकृष्ण खांण, नेताहरु हरी लम्शाल,खेलराज पाण्डे, हरि न्यौपाने, विष्णु पोख्रेल, रामवहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा उहांका शुभेच्छुक तथा स्थानियहरुले उहांको पार्थिव शरिरमा अन्तिम श्रदाञ्जली अर्पण गरेको विद्यार्थी नेता छाया पोख्रेलले जानकारी दिनु भयो ।स्वर्गिय भुषालका छोरा छोरी र श्रीमति हुनुहुन्छ ।
यता नेपाली कांग्रेस बुटवल उपमहानगरसमितिले सोमबार नै गर्ने भनिएको चियापान कार्यक्रम पनि स्थगित गरेको छ । नेता भुषालको निधनप्रति दुख व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको नगरसभापती खेलराज पाण्डेले बताउनु भयो ।












