बिपिन नेपाल । नेपाली भूमिमा भारतीय अतिक्रमण र अटेरीपन बढ्दै गएपछि त्यसविरुद्घ नागरिकको चर्को दबाब बढ्दै गएको छ । यसै बीच सम्पुर्ण नेपाली नागरिकले आफ्नो आफ्नो ठाउँ बाट आफ्नै तरिकाले आवाज उठाएका छन । कसैले फेस्बुका मार्फत त कसैले टुइटर बाट यिनै दौरानमा नेपाली गित संगीतको क्षेत्रमा उदाउँदै गरेका गाएक सुदिप कुवरले आफ्नो नयाँ गित मार्फत आवाज उठाएका छन ।बिश्वब्यापी फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को कारण आफु आफ्नै जन्म घरबाट भए पनि आफ्नो सांगीतिक क्षेत्रलाई अगाडि लाग्दै गर्दा उनले आज भखर बजारमा नयाँ गित सार्बजनिक गरेका छ्न ।
धेरै चलचित्रमा सह-निर्देशन गर्दै आएका सुदिप कुवरले बजारमा भखरै मात्र आफ्नो पहिलो देश भक्ति गितको रुपमा ूहाम्रो देशको माटो हाम्लाइ फिर्ता देउ गित बाट अहिले भारतले अतिक्रमण गरेको भूमि नेपालको हो र यसलाई फिर्ता गर भन्दै आफ्नो गित सार्बजनिक गरेका छन ।आफुले बजारमा ल्याएको अगाडिका गित बाट सफलता पाउदै गर्दा गाएक सुदिप कुवरले आफ्नै लय र शब्दको साथमा आफनै स्वरमा रहेको उक्त गितको छायांकन इश्वर नेपालले गरेका थिए भने गितको सम्पादक मिराज अर्याल गरेका थिए साथै गितको एरेन्ज संन्जय शिर्पाल गरेका हुन । यस गितमा उनले भारतलाई ूए ठुल दाइू भनी नाम दिएका छन । यस गितलाइ NNBL Entertainment ले बजार ब्यवस्थापन गरि आफ्नै अफिसयल युटुब च्यानलमार्फत गित सार्वजनिक गरिएको हो ।












