दार्चुला । नेपाली सेनाले व्यास गाउँपालिका–२ को घाँटीबगर क्षेत्रमा गोरेटो बाटो निर्माण गर्न आफ्नो क्याम्प राख्न शुरुआत गरेको छ । सो गाउँपालिकाको घाँटीबगर र मौराभेललगायतका क्षेत्रमा दुई मिटर चौडाइको ४५० मिटर गोरेटो तथा घोडेटो बाटो निर्माणको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीसहित सेना खटिएको हो ।
बिहीबार हेलिकोप्टमार्फत आवश्यक सामग्री घाँटीबगर नजिकै थी भन्ने क्षेत्रमा पुर्याइएको सेनाले जनाएको छ । आजदेखि काम शुरु गर्न हुने दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिए । यसका लागि दक्ष प्रावधिक जनशक्ति , थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक फौज पुर्याउने काम जारी रहेको उनले बताए । सामान र जनशक्ति ढुवानी आज ९शुक्रबार० पनि जारी रहने छ ।









