शनिवार रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालबाट एकैसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएका उनीहरू सबै कपिलवस्तुका हुुन् । दुई साता अघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले बताए ।बिरामीलाई निको भएर पठाउंदा खुसी लागेको छ, उनले भने, आत्मबल बलियो राख्ने र अपनाउनुपर्ने नियममा ख्याल गरे कोरोनालाई जितिन्छ ।
निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनले जनाए । थापाका अनुसार अहिले अस्पतालमा ८ जना नयां बिरामी थपिएका छन् । धागो कारखानाको कोरोना अस्पतालमा उपचार गराइरहेका बिरामीको संख्या ३४ छ ।यस अघि रुपन्देहीको कोटहीमाई गाउंपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन् । प्रदेश पांचको कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै २ सय ७१ छ ।












